logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    ५ माघ-हेटौँडा, सोमबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारीको मृत्यु भएको हो ।

     

    हेटौँडा उपमहानगरपालिका—१५ नयाँ बस्तीमा मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक भण्डारी घाइते भएका थिए । उपचारको क्रममा उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । अमलेखगन्जबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ८ ख २४९७ नम्बरको ट्रकले गलत साइड च्याप्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्र।३–०३–००१ प ८८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

    ट्रकले गलत साईड च्यापेकाले मोटरसाइकल सडक किनारामा पल्टिन पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । ट्रक चालक मकवानपुर थाहा नगरपालिका–२ का ३२ वर्षीय सुनिल ढकाललाई इलाका प्रहरी चौकी रातोमाटेले नियन्त्रणमा लिएको छ ।



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP