logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • साउनपछि नौ गैँडा मृत फेला

    साउनपछि नौ गैँडा मृत फेला

    २३ पुष -चितवन, चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौवटा गैँडा मरेका छन् ।

     

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँचवटा भाले र तीनवटा पोथी गैँडा मरेका हुन् । एउटाको लिंग पहिचान हुन नसकेको उनले जानकारी दिए ।

     

    मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो । अन्य सबै प्राकृतिक कारणले मरेका उनको भनाइ छ । पछिल्लोपटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताए । “यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो”, उनले भने ।

    हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारणले मर्ने गरेका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । उनका अनुसार यस निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा छन् । –रासस



    hamroserophero hamroserophero    
  • २३ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP