logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनुमा शंकर पोखरेलले पनि गरे ट्रम्पको कदमको बिरोध

    भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनुमा शंकर पोखरेलले पनि गरे ट्रम्पको कदमको बिरोध

    २० पुष- काठमाडौं, अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

     

    आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संयुक्त राष्ट्रसङ्घलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन भएको बताएका हुन् ।

     

    उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो । यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन ।’

     

    यस्तै, उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको पनि उल्लेख गरेका छन् ।

    उनले भने, ‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ । यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ ।’



    hamroserophero hamroserophero    
  • २० पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP