काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएका हुन् । यसबारेमा झापाको क्षेत्रीय समितिलाई जानकारी गराइसकेको उनले बताए ।
नयाँ अनुहार र नयाँ पुस्तालाई अवसर दिने उदेश्यले चुनाव नलड्ने घोषणा गरेको उनको भनाइ छ ।
प्रतिक्रिया