logo
  • ३ माघ २०८२, शुक्रबार | Fri, 16 Jan 2026
  • पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम माघको अन्तिमदेखि देशभर सञ्चालन हुने

    पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम माघको अन्तिमदेखि देशभर सञ्चालन हुने

    ८ पुष-काठमाडौं, सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

     

    कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेको थियो । तर यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठे घरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।
    महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।



    hamroserophero hamroserophero    
  • ८ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP