logo
  • ३ माघ २०८२, शुक्रबार | Fri, 16 Jan 2026
  • लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पायो

    • hamroserophero hamroserophero
    • २८ मंसिर २०८२ शनिबार
    लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पायो

    २७ मंसिर- काठमाडौं, नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ को उपाधिका जित्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमै अलआउट भयो।

    सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।

    ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए । रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ र तिलक भण्डारीले एक विकेट लिए



    hamroserophero hamroserophero    
  • २८ मंसिर २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP