logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • एसईईमा यो वर्ष ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला पठाइँदै

    • hamroserophero hamroserophero
    • २२ फाल्गुन २०८१ बिहीबार
    एसईईमा यो वर्ष ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला पठाइँदै

    काठमाडौं । आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् ।

    निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ ।

    धमाधम प्रश्नपत्र छपाइ, जिल्ला-जिल्लामा पठाइँदै

    विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइको काम भइरहेको छ ।

    प्रश्नपत्रको गोपनीयताको लागि परीक्षा नियन्त्रक नन्दलाल पौडेल प्रश्नपत्र छपाइस्थलमै बसिरहेका छन् ।

    प्रदेश-प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनोट गरेर प्रश्नपत्र बनाइएको छ । नियन्त्रक ज्ञवालीका अनुसार केन्द्रले प्रश्नपत्र मात्र छपाइ गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्ने छ ।

    प्रश्नपत्र छपाइसँगै जिल्ला जिल्लामा प्रश्नप्रत्र पुर्‍याउने काम भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुगिसकेकेको छ । प्रदेशबाट जिल्ला जिल्लामा प्रश्नपत्र पुर्‍याइने छ ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक पनि जापानबाट ३७ जना परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण गर्न नेपालमै ल्याइने छ ।



    hamroserophero hamroserophero    
  • २२ फाल्गुन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP