logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • लगानीकर्ताको गुनासो सम्बोधन गर्न ब्रोकर कम्पनीहरुलाई नेप्सेको निर्देशन

    • hamroserophero hamroserophero
    • २४ श्रावण २०८१ बिहीबार
    लगानीकर्ताको गुनासो सम्बोधन गर्न ब्रोकर कम्पनीहरुलाई नेप्सेको निर्देशन

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगानीकर्ताको गुनासो सम्बोधन गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

    धितोपत्र कारोबार सञ्चालन तथा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)सञ्चालन सम्बन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भोगेका विभिन्न समस्या एवम् गुनासाहरुबारे सम्बोधन गर्न नेप्सेले निर्देशन दिएको हो ।

    नेप्सेले विज्ञप्ति निकालेर लगानीकर्ता तथा सरोकारवालाहरुबाट टीएमएस सम्बन्धी विभिन्न गुनासाहरु प्राप्त भएकाले त्यस्ता समस्यालाई यथाशिघ्र समाधान गर्न र यसका लागि प्रबन्ध मिलाउन भनेको छ ।

    पछिल्ला दिनहरूमा नेप्सेको घटबढ भइरहे पनि धेरै रकमको कारोबार हुँदै आएको छ । अस्ति मङ्गलवार इतिहासमै सबैभन्दा धेरै गिरावट बेहोरेको शेयर बजार हिजो फेरि बढेको छ ।

    वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको पनि शेयर मूल्य आधारबिनै बढेको हुनाले हल्लाको पछि नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् ।



    hamroserophero hamroserophero    
  • २४ श्रावण २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP