logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

    • hamroserophero hamroserophero
    • १९ फाल्गुन २०८२ मंगलवार
    टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

    १९ फागुन-काठमाडौं, काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    सिभिल अस्पतालअगाडि बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, सुनसरीको इनरुवा नगरपालिका–५ का कोइराला भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए ।

    ४८ वर्षीय कोइराला नायब सुब्बा पदका कर्मचारी रहेको खुलेको उनले बताए ।



    hamroserophero hamroserophero    
  • १९ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP