logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • रास्वपामै रहिन् रिमा विश्वकर्मा, समानुपातिक उम्मेदवार सूची यथावत

    रास्वपामै रहिन् रिमा विश्वकर्मा, समानुपातिक उम्मेदवार सूची यथावत

    काठमाडौं । कलाकार तथा नेतृ रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने भएकी छन्। पार्टीले आइतबार निर्वाचन आयोगमा बुझाएको अद्यावधिक समानुपातिक उम्मेदवारको बन्दसूचीमा उनको नाम यथावत् समावेश गरिएको छ।

    दलित क्लस्टरतर्फ महिलाको प्रारम्भिक सूचीमा रहेकी विश्वकर्माको नाम हटाइने भन्ने चर्चा चलिरहेकै बेला रास्वपाले सूची अद्यावधिक गर्दै उनको नाम कायम राखेको हो। शनिबार रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टी अलग्गिएपछि उत्पन्न परिस्थितिमा पार्टीले बन्दसूची पुनः संशोधन गरेको थियो।

    रास्वपाका प्रवक्ता मनिष झाले अद्यावधिक सूचीमा विश्वकर्माको नाम कायमै रहेको पुष्टि गरे। यसअघि विश्वकर्मा उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति सदस्य थिइन्। तर पार्टी अलग भएपछि उज्यालो नेपाल पक्षले तयार गर्न लागेको समानुपातिक सूचीमा उनको सहभागिताबारे अन्योल उत्पन्न भएको थियो।

    उज्यालो नेपाल पार्टीका एक नेताले विश्वकर्मालाई समानुपातिक सूचीमा राख्ने प्रस्ताव गरेका भए पनि उनले आफू प्रत्यक्ष निर्वाचनमार्फत उम्मेदवारी दिन इच्छुक रहेको संकेत गरेकी थिइन्। स्पष्ट सहमति नजुटेपछि उक्त पार्टीले उनलाई नसमेटी अन्य दलसँग सहकार्य गर्दै छुट्टै समानुपातिक सूची बुझाउने तयारी गरेको जनाएको छ।



    hamroserophero hamroserophero    
  • २७ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP