logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • सेना सवार बस दुर्घटना, २४ जना घाइते मध्ये ८ जना गम्भीर

    • hamroserophero hamroserophero
    • ६ फाल्गुन २०८२ बुधबार
    सेना सवार बस दुर्घटना, २४ जना घाइते मध्ये ८ जना गम्भीर

    ६ फागुन -काठमाडौं, भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा सेना सवार बस दुर्घटनामा परेको छ ।

    भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।

    बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • ६ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP